बिजपाटी सम्बाददाता     Aug 01, 2019 | 02:34:34 PM


tansen

नेपाल स्टक एक्चेन्ज नेप्सेले बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनको लागि मार्ग प्रसस्त गरेको छ । नेप्सेले आज साउन १६ गते देखि नै लागु हुने गरी कार्यविधि तयार पारेपछि बैंकको सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने बाटो खुलेको हो ।

नेप्सेले ब्रोकर लाईसेन्सको लागि सिफारिस गर्नको लागि कार्यविधि तयार पारेको हो । नेप्सेले "वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि, २०७६" तयार पारि लागु गरेको हो  । नेप्सेको सिफारिसमा नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरण गर्ने प्रावधान छ ।

अब नेप्सेले बैंकको सहायक कम्पनीसंग ब्रोकर लाईसेन्सको निवेदन माग गर्ने छ । प्रक्रिया पुरा गरेका कम्पनीलाई नेप्सेले लाईसेन्सको लागि बोर्डमा सिफारिस गर्ने छ ।

यस अघि बोर्डले  नेप्सेलाई थप ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल अगाडी बढाउँन निर्देशन दिएको थियो ।  बोर्डको असार २५ गते बसेको बैठकले यस्तो निर्देशन दिएको हो। बोर्डले नेप्सेले यस अघि तयार पारेको अध्ययन प्रतिवेदन दिएका सुझाव पनि प्रतिकुल हुने भन्दै खारेज गरिदिएको थियो । त्यस प्रतिवेदनमा नेप्सेले बाणिज्य बैंकको सहायक कम्पनीको संख्या तोक्ने, न्युनतम पुँजी तोक्ने, भौतिक संरचना कायम गर्ने, सहायक कम्पनीले मुख्य कम्पनीको शाखा वा काउन्टर प्रयोग गर्न नपाउने लगायतका विषय समावेश थिए । तर बोर्डले नियमावली बिपरित भन्दै यो प्रस्ताव खारेज गरिदिएको हो । बोर्डले यस अघि २०७५/९/१८ मा तोकिएको मापदण्ड अनुसार लाईसेन्सको लागि सिफारिस गर्न निर्देशन दिएको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7