बैंकलाई ब्रोकर लाईसेन्स दिन नेप्सेले तोक्यो ४ मापदण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 12:40:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनको प्रक्रिया सुरु गरेको छ । नेप्से आज शुक्रबार एक सूचना जारि गर्दै ब्रोकर लाईसेन्स लिनको लग ईच्छुक कम्पनीहरुलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । नेप्सेले निवेदन दस्तुर वापतको ५ हजार ग्लोबल आईएमई बैंकको खाता जम्मा गरी सो को भौचर सहित निवेदन दिन आग्रह गरेको हो । 

नेप्सेले बिहिबार देखि नै लागु हुने गरी ब्रोकर लाईसेन्सको लागि सिफारिस गर्नको लागि कार्यविधि तयार पारेको छ । नेप्सेले "वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि, २०७६" तयार पारि लागु गरेको हो  । नेप्सेको सिफारिसमा नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरण गर्ने प्रावधान छ । 

कार्यविधिमा लाईसेन्स लिनको लागि निम्न ४ वटा मापदण्ड उल्लेख गरिएको छ ।  

१. प्रचलित कानुन बमोजिम स्थापित भएका बाणिज्य बैंकको शत प्रतिशत लगानी भएको सहायक कम्पनी हुनुपर्ने,

२.  न्यूनतम चुक्ता पुँजी दुई करोड रुपैया हुनुपर्ने, 

३ . नेपाल राष्ट्र बैंकबाट धितोपत्र व्यवसाय गर्नका लागि वाणिज्य बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय सञ्चालन गर्ने स्वीकृती लिएको हुनुपर्ने,

४ . कर चुक्ता प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने, 

निवेदन लिएपछि नेप्सेले प्रक्रिया पुरा गरेका कम्पनीलाई लाईसेन्सको लागि बोर्डमा सिफारिस गर्ने छ र बोर्डले लाईसेन्स दिने छ । 


यस अघि बोर्डले  नेप्सेलाई थप ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल अगाडी बढाउँन निर्देशन दिएको थियो ।  बोर्डको असार २५ गते बसेको बैठकले यस्तो निर्देशन दिएको हो। बोर्डले नेप्सेले यस अघि तयार पारेको अध्ययन प्रतिवेदन दिएका सुझाव पनि प्रतिकुल हुने भन्दै खारेज गरिदिएको थियो । त्यस प्रतिवेदनमा नेप्सेले बाणिज्य बैंकको सहायक कम्पनीको संख्या तोक्ने, न्युनतम पुँजी तोक्ने, भौतिक संरचना कायम गर्ने, सहायक कम्पनीले मुख्य कम्पनीको शाखा वा काउन्टर प्रयोग गर्न नपाउने लगायतका विषय समावेश थिए । तर बोर्डले नियमावली बिपरित भन्दै यो प्रस्ताव खारेज गरिदिएको हो । बोर्डले यस अघि २०७५/९/१८ मा तोकिएको मापदण्ड अनुसार लाईसेन्सको लागि सिफारिस गर्न निर्देशन दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved