नेप्सेमा सुचिकृत कम्पनीले अब यी १५ विवरण बोर्डमा बुझाउनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 05:11:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सुचिकृत कम्पनीहरुको लागि  वार्षिक अनुपालना प्रतिवेदनको ढाँचा स्वीकृत गरेको छ ।   बोर्डले संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ अनुसार  वार्षिक अनुपालना प्रतिवेदनको ढाँचा स्वीकृत गरी आर्थिक बर्ष २०७५।७६ देखिको बार्षिक प्रतिवेदनमा लागू गर्ने निर्णय गरेको हो । 

जस अनुसार सुचिकृत कम्पनीलेआफ्नो प्रतिवेदनमा मुख्यतया सञ्चालक समिति, सञ्चालकको आचरण तथा अन्य विवरण, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली, सूचना तथा जानकारी प्रवाह, संस्थागत संरचना र कर्मचारी, संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धमा देहाय बमोजिमको विवरण तयार गरी बोर्डमा पेश गर्नुपर्ने छ । 

यस्ता छन् कम्पनीले बोर्डमा पेश गर्नु पर्ने विवरण : 

१. सञ्चालक समिति सम्बन्धी विवरण 

-संचालक समितिको अध्यक्ष र संचालकहरुको नाम तथा ठेगाना, लिएको शेयर संख्या, नियुक्त भएको मिति, प्रतिनिधित्व भएको समूह सम्बन्धी विवरण, 

-संस्थाकोे शेयर संरचना (संस्थापक, सर्वसाधारण तथा अन्य) सम्बन्धी विवरण,

-सञ्चालक समितिको बैठकमा सञ्चालक वा वैकल्पिक सञ्चालक उपस्थित भए÷नभएको, सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राखे÷नराखेको, सञ्चालक समितिको दुई लगातार बसेको वैठकको अधिकतम अन्तर, संचालक समितिको बैंठक भत्ता तथा खर्च सम्बन्धी विवरण सहित सञ्चालक समितिको बैठक संचालन सम्बन्धी विवरण ।

२. सञ्चालकको आचरण सम्बन्धी तथा अन्य विवरण

-सञ्चालकको आचरण सम्बन्धमा सम्बन्धित संस्थाको आचार संहिता भए÷नभएको,

-एकाघर परिवारको एक भन्दा बढी सञ्चालक भए सो सम्बन्धी विवरण तथा संचालकहरुको आचरण सम्बन्धी अन्य विवरण,

-प्रत्येक सञ्चालकले आफू सञ्चालकको पदमा नियुक्त वा मनोनयन भएको १५ दिनभित्र संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको भए सोको विवरण, निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेन्चर सम्बन्धी विवरण, निज अन्य कुनै सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा सञ्चालक रहेको भए सो विवरण, निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहको भए सो विवरणको लिखित जानकारी गराएको÷नगराएको र नगराएको भए सोको विवरण । 

३. संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरण

-जोखिम व्यवस्थापनको लागि कुनै समिति गठन भए÷नभएको, गठन नभएको भए सोको कारण, जोखिम व्यवस्थापन समितिको संरचना तथा कार्य सम्बन्धी विवरण, 

-आन्तरिक नियन्त्रण कार्यविधि भए÷नभएको, आन्तरिक नियन्त्रण प्रणालीको लागि कुनै समिति गठन भए÷नभएको, गठन नभएको भए सोको कारण, आन्तरिक नियन्त्रण प्रणाली समितिको संरचना, समितिको बैठक संख्या तथा  समितिको कार्य सम्बन्धी छोटो विवरण ।

४. सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण

-बार्षिक तथा विशेष साधारण सभाको सूचना, बार्षिक तथा त्रैमासिक प्रतिवेदन मार्फत सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण,

-धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचना प्रवाह सम्बन्धी विवरण,

-पछिल्लो बार्षिक तथा विशेष साधारण सभाको विवरण ।

५. संस्थागत संरचना र कर्मचारी सम्बन्धी विवरण

-कर्मचारीहरुको संरचना, पदपूर्ति, वृत्ति विकाश, तालिम, तलव, भत्ता तथा अन्य सुविधा, हाजिर र विदा, आचार संहिता लगायतका कुराहरु समेटिएको कर्मचारी सेवा शर्त विनियमावली व्यवस्था भए÷नभएको सम्बन्धी विवरण,

-संरचना अनुसार कर्मचारी पदपूर्ति गर्ने गरिएको÷नगरिएको, नयाँ कर्मचारीहरुको पदपूर्ति गर्दा अपनाएको प्रकृया, कर्मचारीहरुको सक्सेसन प्लान भए÷नभएको, कर्मचारीहरुलाई दिइएको तालिम संख्या तथा सम्मिलित कर्मचारीको संख्या लगायतको विवरण ।


६. संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धी विवरण

-संस्थाको पछिल्लो आ.व. को वित्तिय विवरण ल्ँच्क् अनुसार तयार गरे÷नगरेको, नगरेको भए सोको कारण, संचालक समितिमा वित्तीय विवरण पेश भएको मिति तथा वित्तीय विवरण प्रकाशन गरेको मिति,

-आन्तरिक तथा बाह्य लेखापरीक्षण सम्बन्धी विवरण र लेखापरीक्षण समितिको बैठक सम्बन्धी विवरण ।

साथै, संस्थाले सञ्चालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैङ्क तथा बित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम लिए÷ नलिएको, सूचिकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोगचलन गरे÷नगरेको, नियमकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेको शर्तहरुको पालना भए÷नभएको, नियमकारी निकायले संस्थाको नियमन निरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशन पालना भए÷नभएको, संस्था वा संचालक विरुद्ध अदालतमा कुनै मुद्दा चलिरहेको भए सो सम्बन्धी विवरण लगायतका विवरणहरु पेश गर्नुपर्ने भएको छ । 

सूचीकृत कम्पनीहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बमोजिम तयार गरिने यो प्रतिवेदन सूचीकृत सङ्गठित सस्ंथाहरूको परिपालना अधिकृतले तयार गरी सञ्चालक समितिबाट स्वीकृत गराई लेखा परीक्षकबाट प्रमाणित गराई नेपाल धितोपत्र बोर्डमा लेखापरीक्षण प्रतिवेदनसँग पेश गनुपर्ने बोअर्दले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved