लिलाममा आएको ग्रामिण विकास लघुवित्तको शेयरको कट अफ मूल्य तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 03:47:11 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामिण विकास लघुवित्तले लिलाममा राखेको शेयरको कट अफ मूल्य ३२२.५१ रुपैयाँ कायम भएको छ । शेयर लिलामको लागि बिक्रि प्रबन्धक रहेको  एनआईबिएल एस क्यापिटलका अनुसार सर्वसाधारण तर्फको कट अफ मूल्य ३२२.५१ र संस्थापक तर्फको कट अफ मूल्य १६२.६० कायम भएको जनाएको हो ।

सर्वसाधारण तर्फ ८७५ जनाले आवेदन दिएका थिए । जस मध्ये सबै भन्दा धेरै ३५६ सम्मको लागि आवेदन परेको थियो । संस्थापक तर्फ भने ३८ आवेदन परेको थियो । क्यापिटलका अनुसार सर्वसाधारण तर्फको शेयर १४९ जनाले पाएका छन भने संस्थापकतर्फको शेयर भने १ जनाले मात्र पाएका छन् ।

कम्पनीले साउन ८ देखि १५ गतेसम्म  हकप्रदमा अवितरित ५ लाख ८२ हजार ८ सय ४४ कित्ता शेयर लिलाममा ल्याएको थियो । जस मध्ये ३ लाख ९२ हजार ३ सय ९३ कित्ता संस्थापक शेयर र बाँकि १ लाख ९० हजार ४ सय ५१ कित्ता सर्वसाधारण समुह तर्फको शेयर रहेको थियो । 

कम्पनीले बैशाख २७ देखि जेठ ३० गते सम्म  एक सय बराबर पचास कित्ता अर्थात ५० प्रतिशतका दरले  ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्काशन गरेको थियो । हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९८ करोड २५ लाख पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved