ब्रोकर लाईसेन्सको लागि ६ बैंकले खोले सहायक कम्पनी, आवेदन दिनेमा माछापुच्छ्रे पहिलो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 09:31:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा ब्रोकर लाईसेन्सको लागि अनुमति माग्ने माछापुच्छ्रे सेक्युरिटीज पहिलो कम्पनी बनेको छ । माछापुच्छ्रे बैंकको सहायक कम्पनी रहेको माछापुच्छ्रे सेक्युरिटीजले मंगलबार नेप्सेमा आवेदन दिएको हो । नेप्सेका अनुसार हालसम्म माछापुच्छ्रेले मात्र आवेदन दिएको छ । 

नेप्सेले गत शुक्रबार एक सूचना जारी गर्दै ब्रोकर लाइसेन्सको लागि बाणिज्य बैंकका सहायक कम्पनीबाट आवेदन आह्वान गरेको थियो। नेप्सेले   ईच्छुक कम्पनीहरुलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेकोमा ७ दिन पुग्दा एउटा मात्र कम्पनीले आवेदन दिएको हो ।  

कार्यविधिमा लाईसेन्स लिनको लागि निम्न ४ वटा मापदण्ड उल्लेख गरिएको छ ।  

१. प्रचलित कानुन बमोजिम स्थापित भएका बाणिज्य बैंकको शत प्रतिशत लगानी भएको सहायक कम्पनी हुनुपर्ने,

२.  न्यूनतम चुक्ता पुँजी दुई करोड रुपैया हुनुपर्ने, 

३ . नेपाल राष्ट्र बैंकबाट धितोपत्र व्यवसाय गर्नका लागि वाणिज्य बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय सञ्चालन गर्ने स्वीकृती लिएको हुनुपर्ने,

४ . कर चुक्ता प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने, 

निवेदन लिएपछि नेप्सेले प्रक्रिया पुरा गरेका कम्पनीलाई लाईसेन्सको लागि बोर्डमा सिफारिस गर्ने छ र बोर्डले लाईसेन्स दिने छ ।  नेप्सेको सिफारिसमा नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरण गर्ने प्रावधान छ । 

अर्को सातासम्म आवेदन दिने म्याद रहेकोले थप कम्पनीले पनि आवेदन दिने तयारी गरेका छन्   । हालसम्म मेगा, माछापुच्छ्रे, सिटिजन, प्रभु, सानिमा र एनआईसी एसियाले ब्रोकर सेवाक दिनको लागि सहायक कम्पनी दर्ता गराईसकेका छन्  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved