हिमाल दोलखाको आइपीओमा ७३ हजारको आबेदन, नबिकेको सेयर ४ क्यापिटलले किन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 07:01:29 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोपावरले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा माग भन्दा कम आबेदन परेको छ। कम्पनीले निष्काशन गरेको कुल ७६ लाख ७२ हजार २१० कित्तामा साउन २४ गते शुक्रबार ४ बजेसम्म करिब ३१ लाख कित्ताको लागि मात्रै आबेदन परेको छ। 

आइपीओं निष्काशनको अन्तिम दिन शुक्रबार ४ बजेसम्म ७२ हजार २ सय ७५ आवेदकबाट ३० लाख ९९ हजार २ सय ३० कित्ता शेयरको लागि आबेदन परेको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलले जनाएको छ। आइपीओका आबेदन भेरिफाइ हुन बाँकी रहेकाले अहिले प्राप्त तथ्यांक केहि फरक पर्ने सक्ने क्यापिटलले जनाएको छ। 

कम्पनीले गत असार २५ देखि ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गरेको हो ।  यसमध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कर्मचारीको लागि  २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो। बाँकि रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो। 

कम्पनीले पहिलो चरणमा जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि १६ लाख कित्ता शेयर निष्काशन गरेको थियो। जस मध्ये १ लाख २७ हजार ७ सय ९० कित्ताको लागि मात्र आवेदन परेको थियो। नबिकेको सेयर शेयर प्रत्याभूतकर्ताहरु लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिंङ, बिओके क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले खरिद गर्नेछन। 

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। कम्पनीको  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालिसकेको छ। दुवै आयोजनाको लागत क्रमशः ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ।  त्यस्तै कम्पनीको १९ प्रतिशत लगानी संखुवासभामा रहेको  ९७.२ मेगावाटको इशुवा खोलामा रहेको छ ।  यस आयोजनाको प्रति मेगावाट लागत १० करोड मात्र रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved