कर्मचारीको हेलचेक्र्याइँले एनसीसी बैंकको सेयर मुल्य समायोजन नभएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 09:33:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) कै कर्मचारीको हेलचेक्र्याइँले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) Nepal Credit & Commerce Bank Limited  बैंकको मुल्य समायोजन हुन नसकेको पाइएको छ। बैंकले गत आइतबार साउन १९ गते नै बार्षिक साधारणसभा तय तथा बुक क्लोजको जानकारी दिएपनि नेप्सेका कर्मचारीले प्राप्त सूचनाको पालना नगर्दा साउन २६ गतेको कारोबारमा मुल्य समायोजन हुन नसकेको पाइएको छ। 

प्रविन पान्दक नेतृत्वको सेयर सुचिकृत शाखाले बैंकले दिएको पुर्व सूचनाअनुसार काम नगर्दा मुल्य समायोजन बिनानै सेयर कारोबार खुलेको हो। १५.८९ प्रतिशत बोनसपछिको मुल्य समायोजन नभई सेयर कारोबार खुल्दा एनसीसीको सेयर मुल्य १० प्रतिशतले घट्न पुगेको छ। एनसीसी बैंकको सेयर मुल्य १० प्रतिशतले घट्दा त्यसको प्रभाब बैंकिंग समुहमा पर्दा समग्रमा नेप्से इन्डेक्समा नकारात्मक प्रभाव परेको छ। 

बैंकले भदौ २३ गते बोलाएको बीसौं र एक्काइसौं साधारण सभा प्रयोजनको लागि साउन २६ बुक क्लोज मिति तोकिएको थियो । त्यस अुनसार बोनसका लागि आईतबार नै शेयरधनी किताब बन्द भएकाले १५.८९ बोनस शेयर वापतको मूल्य समायोजन भएर कारोबार खुल्नुपर्ने थियो तर नेप्सेको वेवसाईटमा मुल्य समायोजनको कुनै सूचना प्रबाह भएको देखिएन। 

बैंकले समयमै सूचना दिंदा पनि नेप्सेका सम्बन्धित बिभागका कर्मचारीले हेलचेक्र्याइँ गर्दा समग्र बजारमा र लगानीकर्ताको मनोबलमा प्रभाव परेको छ। एनसीसी बैंकको सेयर मुल्य १० प्रतिशतले घट्दा केहिलाई चलखेल गर्ने बाटो मिलेको छ भने समग्रमा बजार समेत प्रभावित बनेको छ। करिब ८० प्रतिशत भन्दा बढी सेयर हिस्सा रहेको बैंकिंग समुह मध्ये को कुनै एउटा बैंकको मात्रै सेयर मुल्य १० प्रतिशतले बढ्दा त्यसले समग्र इन्डेक्सलाई नै नकारात्मक असर पर्ने र त्यसको प्रत्यक्ष प्रभाव लगानीकर्तामा पर्ने सेयर बिज्ञहरुको भनाई छ।

नेप्सेले यसरि सेयरको मुल्यमा नै प्रभाव पर्ने गरि कर्मचारीबाट हुने हेलचेक्र्याइँलाई नजरअन्दाज गर्दा पटक पटक सेयर लगानीकर्तामा अनलाइन ट्रेडिङ मात्रै नभई बजार प्रति नै नकारात्मक बुझाइ बन्दै गएको छ। आइतबार कारोबार खुल्ने बित्तिकै बैंकको शेयरमूल्य ९.९२ प्रतिशतले घटेको थियो। 

साधारण सभामा बैंकले गत वर्षको कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.८९ प्रतिशतले हुन आउने एक अर्ब ११ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने तयारी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved