बिजपाटी सम्बाददाता     Aug 12, 2019 | 06:39:34 AM



सिद्धार्थ क्यापीटल Siddhartha Capital Ltd ले विक्रिमा ल्याएको चौथो सामुहिक लगानी योजनामा आवदेन दिने म्याद थप भएको छ । क्यापीटलले गत २३ साउन देखि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड विक्रिमा ल्याएको थियो । पहिलो चरणमा साउन २७ गते सम्म आवेदन दिने समय भएपनि उक्त समएमा सामुहिक लगानी कोषको इकाइहरु विक्रि हुन नसकेपछि कम्पनीले भदौ २ गते सम्मको लागि म्याद थप गरेको छ ।

कम्पनीले २३ गते १ अर्ब ४० करोड बराबरको सामुहिक लगानी योजनाको १४ लाख इकाइ  विक्रिमा ल्याएको  थियो । क्यापिटलले ल्याएको यो चौथो योजना हो।  १४ करोड इकाई मध्ये २ करोड १० लाख इकाई कोष प्रबर्दक सिद्धार्थ बैंकलाई छुट्याइएको छ । बाँकि रहेको ११ करोड ९० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

सर्बसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँका दरले १०० ईकाईदेखि एक करोड ४० लाख ईकाईसम्म लगानी गर्नसक्ने छन् । लगानीकर्ता अब भदौ २ गते सम्म आवदेन सक्नेछन् त्यस मितिसम्म पनि सबै इकाई विक्रि नभएमा भदौ २० गतेसम्म आवेदन दिन सक्ने छन् ।

१० बर्षे बन्दमुखी यस योजनामा पहिलो वर्ष प्रति ईकाई ५० पैसा र , दोस्रो वर्षदेखि प्रति ईकाई १ रुपैयाँ पाँचौ वर्षदेखि नवौ वर्षसम्म १ रुपैयाँ ५० पैसा लाभांश दिने र दशौं वर्षमा २० रुपैयाँ १० पैसा सहित ईकाईधनीलाई पैसा फिर्ता दिने कम्पनीले जनाएको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7