नेपाल स्टक एक्चेन्ज नेप्सेमा बुधबार २७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ। आज नेपाल इन्भेस्टमेन्ट बैंकको २७ लाख ९८ हजार ४ सय १९ कित्ता शेयर सुचिकृत भएको हो ।
बैंकले जेविल्स फाइनान्सलाई गाभेपछिको शेयर सुचिकृत भएको हो ।
इन्भेस्टमेन्ट बैंक र जेबिल्स फाईनान्सले असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन। बैंकले फाईनान्सलाई १००:३३ को स्वाप रेसियोमा गाभेको हो । प्राप्तिपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५९ करोड पुगेको छ ।