मुक्तिनाथ विकास बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 06:03:24 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited को हकप्रद सुरक्षित गर्ने आज साउन ३० गते अन्तिम दिन रहेको छ ।  बैंकले हकप्रद निष्काशनको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन ३० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।

बैंकले १:०.२ को अनुपातमा २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। जस अनुसार बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद शेयर निष्काशनको लागि भिबोर क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्व ६ करोडमा हकप्रदपछि बैंकको चुक्ता पुंजी ३ अर्ब ६७ करोड ७७ लाख पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved