अर्थ समितिले भन्यो, ‘बैंकलाई ब्रोकर लाइसेन्स नदिनु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 04:52:30 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको अर्थ समितिले बैंकलाई सेयर दलाल अनुमति पत्र (ब्रोकर लाइसेन्स) नदिन निर्देश गरेको छ । सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिले दिएको सुझावका आधारमा समितिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई बैंकलाई ब्रोकर लाइसेन्स नदिन निर्देशन दिएको हो ।

सरकारले बैंकहरुलाई सहायक कम्पनी खोलेर ब्रोकर लाइसेन्स दिन सकिने नीति बनाएको छ । १९ वटा बैंकलाई राष्ट्र बैंकले विधान संशोधन गर्न स्वीकृति दिएको छ भने राष्ट्र बैंकको अनुमति लिएर हालसम्म सानिमा बैंक, एनआइसी एशिया बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, सिटिजन्स बेंक र ग्लोबल आइएमई बैंकले सहायक कम्पनी दर्तासमेत गरिसकेका छन् ।

समितिका सभापति कृष्ण दाहाल तत्कालका लागि ब्रोकर लाइसेन्स दिने काम रोक्न भनेपनि यो सधैँका लागि नभएको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved