ग्लोबल आइएमई लघुवित्तले ३५ प्रतिशत बोनश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 11:53:24 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई  लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । संस्थाको गत साउन ३२ गते शनिबार बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हो ।  

लघुवित्तले चुक्ता पुँजीको ३५ प्रतिशतले हुन आउने ३ करोड ८६ लाख ६० हजार एक सय २५ रुपैयाँ बराबरको बोनश शेयर र त्यसको कर प्रयोजनको लागि १.८४ प्रतिशतले हुन आउने २० लाख ३४ हजार सात सय ४३ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएर आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले प्राप्त गर्नेछन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved