बिजपाटी सम्बाददाता     Aug 19, 2019 | 05:50:04 PM



मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले भदौ १२ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ  । बैंकले १:०.२ को अनुपातमा २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

जस अनुसार बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद शेयर निष्काशनको लागि भिबोर क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले असोज १५ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

बैंकले हकप्रद निष्काशनको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । साउन ३० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्व ६ करोडमा हकप्रदपछि बैंकको चुक्ता पुंजी ३ अर्ब ६७ करोड ७७ लाख पुग्ने छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7