हिमाल दोलखाको ५८ प्रतिशत आईपिओ बिकेन, यी ४ क्यापिटलले १४ करोडसम्मको शेयर किन्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 05:04:28 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओ ४१.३७ प्रतिशत मात्र बिकेको छ । कम्पनीले असार २५ देखि ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गरेको  थियो ।  यसमध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता कर्मचारीको लागि  २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो। बाँकि रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सर्वसाधारणले आवेदन दिएका हुन  । 

आईपिओमा आवेदन दिने अन्तिम दिनसम्ममा कम्पनीको आईपिओमा ७२ हजार ३ सय ४५ आवेदकबाट ३१ लाख ५ सय ६० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । सर्वसाधारणबाट पर्याप्त आवेदन नपरेपछि कम्पनीले संस्थापकले आवेदन दिन पाउने गरि पुन आईपिओ बिक्रिमा ल्याएको थियो। कम्पनीले  कम्पनीका संस्थापक सेयरधनी र सञ्चालक तथा उनीहरुको एकाघर परिवार तथा कार्यकारी प्रमुख, लेखापरिक्षक, कम्पनी सचिव र कम्पनीको ब्यवस्थापक तथा लेखा सम्बन्धी काम गर्ने ब्यक्तिले आवेदन दिन सक्ने गरि पुन विक्रिमा ल्याएको थियो  । 

नबिकेको सेयर शेयर प्रत्याभूतकर्ताहरुले खरिद गर्ने प्रचलन रहेपनि हिमाल दोलखाले भने कम्पनीको प्रमोटर तथा व्यवस्थापकहरुका लागि पुन सेयर बिक्रि गरेको थियो ।  नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को दफा ४१ मा पनि नविकेको शेयर संस्थापक लगानीकर्ताको एकाघार परिवार र व्यवस्थापकहरुले किन्न पाउने ब्यवस्था रहेको छ। तर संस्थापकलाई तोकेको ३ दिनको अवधिमा १ जनाको पनि आवेदन नपरेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

अब कम्पनीको बिक्रि नभएको शेयर  प्रत्याभूतकर्ताहरुले खरिद गर्नु पर्ने भएको छ ।   कम्पनीको शेयरको  लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिंङ, बिओके क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले प्रत्याभूत गरेका थिए ।  अब यी कम्पनीले आफुले प्रत्याभूत गरेको शेयरको अनुपातमा बाँकि शेयर खरिद गर्नु पर्ने भएको छ । 

कम्पनीको शेयरको ३३.७० प्रतिशत नबिलले, ३२.८६ प्रतिशतले बैंक अफ काठमांडूले,   २५ प्रतिशत लक्ष्मीले र ८.४२ प्रतिशत नेपाल बंगलादेश क्यापिटलले गरेका थिए ।   यहि प्रतिशतको आधारमा अब यी ४ क्यापिटलले बिक्रि नभएको शेयर किन्नु पर्ने हुन्छ।

कसको दायित्व कति ? 

कम्पनीको ४३ लाख ९३ हजार २ सय ६ कित्ता बिक्रि हुन् सकेको छैन । प्रतिशतको हिसाबले नबिल इन्भेस्टमेन्टले सबैभन्दा धेरै १४ लाख ८० हजार ८ सय ५७ कित्ता र बिओकेले १४ लाख ४३ हजार ८ सय ३२ कित्ता शेयर खरिद गर्नु पर्ने छ । यसको लागि नबिल र बिओकेले क्रमश १४ करोड ८० लाख ८५ हजार ७ सय रुपैयाँ र १४ करोड  ४३ लाख ८३ हजार २ सय रुपैयाँ खर्चनु पर्ने छ ।

त्यस्तै लक्ष्मीले १० करोड ९८ लाख ३० हजार २ सय रुपैयाँको १० लाख ९८ हजार ३ सय २ कित्ता र नेपाल बंगलादेशले ३ करोड ७० लाख २१ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७० हजार २ सय १५ कित्ता खरिद गर्नु पर्ने छ ।



आईपिओ केहि दिन मै बाँडफांड हुने बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

 कम्पनीले पहिलो चरणमा जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि १६ लाख कित्ता शेयर निष्काशन गरेको थियो। जस मध्ये १ लाख २७ हजार ७ सय ९० कित्ताको लागि मात्र आवेदन परेको थियो। 

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। कम्पनीको  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालिसकेको छ। दुवै आयोजनाको लागत क्रमशः ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ।  त्यस्तै कम्पनीको १९ प्रतिशत लगानी संखुवासभामा रहेको  ९७.२ मेगावाटको इशुवा खोलामा रहेको छ ।  यस आयोजनाको प्रति मेगावाट लागत १० करोड मात्र रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved