२ वटा बैंकको ७ अर्ब ४० करोडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 06:14:59 AM मा प्रकाशित

laxmi  sunrise bank

२ वटा बाणिज्य बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन रहेको छ । साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गरेका एनआईसी एसिया बैंक र माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो ।

एनआई सी एशिया

एनआई सी एशिया बैंक NIC Asia Bank Limited ले श्रावण ६ गतेदेखि ४ अर्ब ४० करोडको बराबरको ४४ लाख इकाई ऋणपत्र निष्काशन गरेको हो  । 

कुल निष्काशन रकमको ६० प्रतिशत अर्थात् २ अर्ब ६४ करोड व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको हो  भने  ४० प्रतिशत अर्थात् १ अर्ब ७६ करोडको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । ७ बर्षे अवधिको यस ऋणपत्रलाई  ‘एन आई सी एशिया डिबेन्चर २०८३÷८४’ नाम दिइएको छ। यसमा लगानीकर्ताले अर्थ बार्षिक रुपमा भुक्तान हुने गरी १०.२५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्ने छन् ।

ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 


माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको  कूल ३० लाख इकाई ऋणपत्र  निष्काशन गरेको हो। कुल निष्काशित ३० लाख इकाई मध्ये १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि खुला गरिएको हो । यसै अन्तर्गत  ६० हजार इकाई सामूहिक लगानी कोषकालाई छुट्टाइएको छ ।  बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ। 

 ७ वर्षे अवधिको ‘१०.२५% माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ मा वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा दश वर्षसम्म निरन्तर भुक्तानी हुनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन्।  

ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved