युनाइटेड इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 06:20:09 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited ले आज भदौ ३ गतेदेखि हकप्रद निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले १:२.४ को अनुपातमा २ सय ४० प्रतिशतको दरले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

हकप्रद निष्काशनको लागि कम्पनीले साउन १४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १३ गतेसम्म कायम लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । सेयर निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले असार ८ गते कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो  । लगानीकर्ताले असोज ६ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।  

बिमा समितिले तोकेको १ अर्ब पुंजी पुर्याउन कम्पनीले  हकप्रद निष्काशन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ३० करोड २४ लाख रहेकोमा २ सय ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved