'ल्याप्चे युग' अन्त्य गर्ने सिस्टम तयार, यसै हप्ता प्रयोगमा ल्याउने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 05:53:50 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजारको 'ल्याप्चे युग' अन्त्य गर्ने सिस्टम तयार भएको छ । सिडीएससीले भारित औसत लाभकर सिस्टमले आफै गणना गर्ने प्रणालीको विकास गरेको हो । नेपाल धितोपत्र बोर्डले हालको भारित औसत लाभकार विधिलाई सहजीकरण गर्न निर्देशन दिएपछि सिडीएसले सिस्टम तयार पारेको हो ।

सरकारले गत साउन १ गतेदेखि  भारित औसत लागत आधारमा पूँजीगत लाभकर गणना विधि कार्यन्वयनमा ल्याएपछि लगानीकर्ताले आफुले खरिद गरेको शेयर मूल्यको स्वघोषणा ब्रोकर कार्यालयमा गएर ल्याप्चे लगाएर गर्दै आएका छन्।

सिडीएसका प्रबक्ता सुरेश न्यौपानेले सिस्टम तयार भईसेकेको र हाल परिक्षणको क्रममा रहेको बताए । उनले भने ;केहि बग छन् कि भनेर अहिले परिक्षण भईरहेको छ, यस साता भित्र नै प्रयोगमा ल्याउने लक्ष्यका साथ कार्य भईरहेको छ '। उनका अनुसार परिक्षणको क्रममा केहि समस्या नआए यहि साताको अन्त्यसम्ममा यसलाई प्रयोगमा ल्याईने छ ।

सिडीएसले साउन मै यसलाई प्रयोगमा ल्याउने बताए पनि  झन्डै ५ करोडको हाराहारीमा डाटा प्रोसेसिङ गर्नु परेकोले केहि ढिलाई भएको हो  । 

सिडिएसका अनुसार मेरो शेयर अन्तर्गत नै रहने गरी एउटा छुट्टै सिस्टम बनेको छ । यस सिस्टममा लगानीकर्ताले शेयर खरिद गरेको मूल्य हेर्न सक्नेछन् । लगानीकर्ताले त्यसलाई भेरीफाई समेत गर्न सक्ने छन् । सोहि विवरण सिस्टमबाट नै ब्रोकरसम्म पुग्ने छ । सिस्टमले आफै औसत भारित लाभकर निकाल्ने छ । यस हिसाबमा लगानीकर्ता आफै ब्रोकर हाउसमा ल्याप्चे लगाउन जानु पर्दैन । यस हिसाबमा अनलाईन चलाउन सक्नेहरुले आफ्नै अनलाईन सिस्टमबाट डिम्याटमा भएको शेयरको लागत कति हो भन्ने थाहा पाउन सकिने र मुल्य नखुलेमा भने लगानीकर्तालाई आफूसँग भएको लागत प्रमाणको आधारमा लागत मुल्य राख्न सक्ने गरि सिस्टम निर्माण भएको छ । 

सिडिएसको सिस्टममा नभएको शेयरको मुल्य भने लगानीकर्ताले लागत प्रमाणीत गर्न सके त्यहि अनुसार लागत हुने र लगानीकर्ताले शेयरको लागत प्रमाणीत गर्न नसके १०० रुपैयाँलाई नै आधार मुल्य मानिने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved