संचय कोष संगै लक्ष्मी र प्रभु बैंकले किने नेप्सेको स्वामित्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 10:17:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको शेयर खरिदको लागि ३ वटा आवेदन परेको छ । नेपाल राष्ट्र बैंकले आफ्नो नाममा रहेको नेप्सेको १७ लाख २९ हजार ९ सय ८९ दशमलव ५० कित्ता शेयर  लिलाममा राखेको ३ वटा कम्पनीले आवेदन दिएका हुन् 

राष्ट्र बैंकका अनुसार नेप्सेको शेयर खरिदको लागि लक्ष्मी बैंक, प्रभु बैंक र कर्मचारी संचय कोषले आवेदन दिएका हुन्।  बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सुचिकृत संगठित संस्थाहरुले मात्र आवेदन दिन पाउने गरि राष्ट्र बैंकले असार ३१ गतेदेखि यी शेयर लिलाममा राखेको थियो ।  राष्ट्र बैंकले प्रति कित्ता शेयरको न्यूनतंम मूल्य १ हजार ३२ रुपैयाँ तोकेको थियो  

 शेयर खरिदको लागि आवेदन गर्दा नेप्सेको कुल शेयर पुंजीको कम्तिमा ५ प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुनु पर्ने प्रावधान थियो 

राष्ट्र बैंकका अनुसार लिलाममा यी तिनै संस्थागत लगानीकर्ताले माग गरे जति शेयर पाएका छन् । राष्ट्र बैंकका अनुसार दुवै बैंकले समान ५ -५ प्रतिशत र संचय कोषले १० प्रतिशत शेयरको लागि आवेदन दिएको हो  

नेप्सेमा राष्ट्र बैंकको ३४ प्रतिशत स्वमित्व रहेकोमा राष्ट्र बैंकले सबै शेयर बिक्रि गर्न लिलामीको सूचना निकालेको हो । जस अनुसार यस पटक करिब २० प्रतिशत शेयर बिक्रि भएको र करिब १४ प्रतिशत अझै नभएको राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।  

नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआईडीसीको ६.१२ प्रतिशत र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को ०.६२ प्रतिशत शेयर स्वामित्व रहेको थियो। लिलाम प्रक्रिया संगै नेप्सेको केहि शेयर स्वामित्व लक्ष्मी बैंक, प्रभु बैंक, र कर्मचारी संचय कोषको रहने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved