सिद्धार्थ म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 06:12:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापीटल Siddhartha Capital Ltd ले विक्रिमा ल्याएको चौथो सामुहिक लगानी योजनामा आवदेन दिने आज भदौ ५ गते अन्तिम दिन रहेको छ । क्यापिटलले साउन २३ देखि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड विक्रिमा ल्याएको थियो ।

कम्पनीले १ अर्ब ४० करोड बराबरको सामुहिक लगानी योजनाको १४ लाख इकाइ  विक्रिमा ल्याएको  थियो । क्यापिटलले ल्याएको यो चौथो योजना हो।  १४ करोड इकाई मध्ये २ करोड १० लाख इकाई कोष प्रबर्दक सिद्धार्थ बैंकलाई छुट्याइएको छ । बाँकि रहेको ११ करोड ९० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

सर्बसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँका दरले १०० ईकाईदेखि एक करोड ४० लाख ईकाईसम्म लगानी गर्नसक्ने छन् । 

१० बर्षे बन्दमुखी यस योजनामा पहिलो वर्ष प्रति ईकाई ५० पैसा र , दोस्रो वर्षदेखि प्रति ईकाई १ रुपैयाँ पाँचौ वर्षदेखि नवौ वर्षसम्म १ रुपैयाँ ५० पैसा लाभांश दिने र दशौं वर्षमा २० रुपैयाँ १० पैसा सहित ईकाईधनीलाई पैसा फिर्ता दिने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved