धितोपत्र बोर्डको विज्ञ सदस्यमा ढुंगाना, अध्यक्ष बन्ने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 04:08:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले भिष्मराज ढुङगानालाई धितोपत्र बोर्डको विज्ञ सदस्यमा नियुक्त गरेको छ । ३० वर्षे सेवा अवधि  पुरा गरी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका ढुङगानालाई अर्थमन्त्री डा. युवराज खतिडाले बोर्डको विज्ञ सदस्यमा नियुक्त गरेका हुन् । बुधबारको मन्त्रीस्तरीय बैठकले उनलाई नियुक्त गरेको अर्थमन्त्रालयका प्रवक्त उत्तर कुमार खत्रीले जानकारी दिए । 

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको कार्यकाल आगामी असोजबाट सकिदै छ । कार्कीको कार्यकाल सकिनै लाग्दा बोर्डको नयाँ अध्यक्ष को आउने भन्ने चर्चा चलिरहेको छ । बोर्डकै अध्यक्ष बन्ने दौडमा रहेका ढुङ्गानालाई बोर्डको विज्ञ सदस्य नियुक्त गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अर्थमन्त्रीले ढुङ्गानालाई बोर्डको अध्यक्ष बनाउने गरी विज्ञ सदस्य नियुक्त गरेको चर्चा पनि हुन थालेको छ । तर मन्त्रालयका प्रवक्ता खत्री भने बोर्डको अध्यक्ष मन्त्रीले नभई मन्त्रिपरिषद्ले नियुक्त गर्ने भएकोले यसमा कुनै सत्यता नरहेको दाबी गर्छन् । 

अध्यक्ष नियुक्तिको प्रक्रिया कस्तो छ ?

बोर्डको अध्यक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगको पुँजीबजार हेर्ने सदस्यको नेतृत्वमा अर्थसचिव र धितोपत्र विज्ञ रहेको ३ सदस्यीय समिति रहने प्रावधान छ । उक्त समितिले बोर्डको अध्यक्षको लागि उपयुक्त ३ जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । समितिले उम्मेद्वार सिफारिस गर्न कार्यविधि आफै निर्धारण गर्न पाउने ब्यवस्था धितोपत्र ऐनमा छ । 

उम्मेद्वारको आवेदन खुलाउने अथवा आफैले छनौट गर्ने अधिकार पनि समितिसँगै हुन्छ । समितिले सिफारिस गरेका ३ जना मध्येबाट मन्त्रिपरिषद्को बैंठकले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । यद्यपी बुधबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र ऐन संशोधनका लागि संसदमा पेश गर्न स्वीकृत गरेकोले तथा बोर्डका अध्यक्ष कार्किको कार्यकाल पनि डेढ महिना भन्दा बढी नै बाँकी रहेकोले उक्त ऐन पारित भएर कार्यन्वयनमा आएमा उक्त ऐनमा भएको ब्यवस्था अनुसार नै बोर्डका अध्यक्ष नियुक्त हुन सक्नेछन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved