नागरिक लगानी कोषले डाक्यो साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्ने शेयरधनी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 06:21:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust  ले साधारणसभा आह्वान गरेको छ   । कोषले भदौ ३० गते बबरमहलमा स्थिति कार्की बैंक्वेटमा सभा आह्वान गरेको हो ।

साधारणसभाले लाभांश प्रस्ताव पारित गर्ने छ भने संचालकको नियुक्ति, प्रतिवेदन पारित, वित्तीय विवरण पारित गर्ने छ । कोषले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।

कोषले २२ प्रतिशतले हुन् आउने २४ करोड २५ लाख १७ हजार ४ सय ६४ रुपियाँ बराबरको बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशतले हुन् आउने १ करोड २७ लाख ६४ हजार ७७ रुपियाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो  ।  

कोषले साधारणसभा प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

हाल कोषको पुंजी १ अर्ब १० करोड रहेको छ ।  कोषको अधिकृत पुंजी ८ अर्ब र चुक्ता पुंजी ३ अर्ब कायम गर्ने विधयेक संसदमा पेश भई छलफलको क्रममा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved