सिडीएसको मेरो शेयरमा केहि दिन समस्या आउँन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 06:18:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड सिडीएससीले केहि दिन मेरो शेयर सफ्टवयरमा प्राविधिक समस्या आउँन सक्ने बताएको छ । भारित औसतमा आधारित पुँजीगत लाभकरमा गणना गर्ने प्रणालीलाई मुख्य सिस्टमसँग जोड्न लागेकोले समस्या आउँन सक्ने जनाएको हो ।

कम्पनी हाल लाभकरमा गणनालाई सहजीकरण गर्न सिस्टम विकास गरेर डेटा माइग्रेसनको काम गरिरहेको छ । सोहि कारण मुख्य सिस्टममा केहि समस्या आउँन सक्ने जनाएको हो । सिडीएसका अनुसार सिस्टममा केहि समयका लागि नखुल्ने, कुनै मोडयुलहरु नखुल्ने जस्ता समस्याहरु आउनसक्ने जनाएको छ ।

यस्ता समस्या देखिए ईमेल मार्फत जानकारी गराउन समेत कम्पनीले आग्रह गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved