आईसीएफसी फाइनान्सले ऋणपत्र जारी गर्ने, बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 03:48:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आइ.सि.एफ.सि. ऋणपत्र निष्काशन गर्ने पहिलो फाइनान्स कम्पनी बन्ने भएको छ  ।  फाइनान्सले २ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।

कम्पनीले  प्रति कित्ता १ हजारको दरले २० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । उक्त डिवेन्चर सात वर्षका लागि वार्षिक १२  प्रतिशत ब्याजदरमा प्रत्येक ६-६ महिनामा ब्याज पाउने गरी निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीले ऋणपत्र निष्काशन गर्को लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  बिक्रि प्रबन्धक सम्बन्धि सम्झौतामा आइतबार क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  पारसमणि ढकाल र फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका हुन् ।

नेपालको इतिहासमा‘क‘ बर्गका बाणिज्य बैंकहरु पश्चात ऋणपत्र निष्कासन गर्ने पहिलो संस्था आइ.सि.एफ.सि.  हुन् लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved