सुर्योदय लघुवित्तले ४६ प्रतिशत लाभांश दिने, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 05:09:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सुर्योदय लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ४६.८१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

कम्पनीले लगानीकर्तालाई ४४.४७७८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.३४०९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले ४४.४७७८ प्रतिशतले हुन् आउने ४ करोड ८० लाख बराबरको बोनस शेयर र २.३४०९ प्रतिशतले हुन् आउने २५ लाख २६ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १० करोड १९ लाख १९ हजार रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved