सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 06:14:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले साउन ५ देखि  २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो 

आवेदन दिने छिटोको मिति साउन ९ गतेसम्म पर्याप्त आवेदन नपरेपछि ऋणपत्रमा आवेदन दिने म्याद थप भएको हो । अब लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन् 

बैंकले १० लाख कित्ता सर्वसाधारणलाई र बाँकि १५ लाख कित्ता प्राइभेट प्लेसमेन्ट अर्थात् व्यक्तिगत तवरले बिक्रि गर्न लागेको हो। ७ बर्षे अवधिको यस ऋणपत्रमा बार्षिक १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved