आँधीखोला लघुवित्तको शेयर कारोबार खुला, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 08:42:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आँधीखोला लघुवित्तको शेयर कारोबार खुला भएको छ। कम्पनीको AKBSL सिम्बलबाट कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ८७.७२ देखि २६३.१६ सम्मको सुरुवाती रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । 

अब नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै  पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ  । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ  । तोकिएको रेन्ज भित्रको जुन सुकै मूल्यमा पहिलो कारोबार हुन् सक्छ  । 

 आइतबार लघुवित्तको १० लाख कित्ता आईपिओ सुचिकृत भएको हो । कम्पनीले गत असार २२ गतेदेखि आईपिओ निष्काशन गरेको थियो ।

२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि  कारोवार सुरु गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले स्याङजा सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ कार्यक्षेत्र विस्तार गरेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved