केसिएल अस्ट्युटलाई निक्षेप सदस्यता अनुमति, एकै ठाऊँबाट लगानी व्यवस्थापन र डिम्याट खाता सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 08:51:38 AM मा प्रकाशित

laxmi  sunrise bank

के.सि.एल. अस्ट्युट क्यापिटल लिमिटेड KCL ASTUTE ले केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड) बाट निक्षेप सदस्यता अनुमति पाएको छ। कम्पनीले सिडिएससीबाट भदौ ३ गतेदेखि लागू हुनेगरी निक्षेप सदस्य परिचयपत्र नं १३०१७६०० सहित निक्षेप सदस्य (डिपी) को लागि अनुमतिपत्र प्राप्त गरेको हो।

यस अघि नै यस संस्थाले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकर अन्तर्गतको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) सेवा प्रदान गर्नको लागी अनुमतिपत्र प्राप्त गरिसकेको छ ।

यस संस्थाले नेपालको पूँजी बजारमा लगानी गर्ने इच्छा भएका तर नेपालको पूँजी बजारबारे जानकारी नभएका साथै नेपालको पूँजी बजारबाट हुने फाइदाबारे जानकारी भएका तर आफ्नो लगानीको उचित निगरानी गर्ने समय नभएका व्यक्तिलाई लगानी व्यवस्थापन सेवा दिँदै आइरहेको छ ।

निक्षेप सदस्यता अनुमति पाएसंगै इच्छुक लगानीकर्ताले केसिएलबाट हितग्राही खाता (डिम्याट एकाउण्ट) को सेवा समेत लिन सक्नेछन।  अब यस संस्थाले आफ्ना ग्राहकहरुलाई एकै ठाऊँबाट लगानी व्यवस्थापन सेवा र हितग्राही खाता (डिम्याट एकाउण्ट) को सेवा प्रदान गर्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved