मंगलबार नेपाल स्टक नेप्सेमा १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स Nepal Insurance Company Limited को १ करोड ९ लाख ९२ हजार ३ सय २१ दशमलव ६२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
कम्पनीले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र २३।५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बोनस वितरण पश्चात कमपनीको चुक्ता पुंजी ५ अर्ब ५ करोड पुगेको छ।