एनएमबि ५० मा माग भन्दा बढीको आबेदन, योजनाको आकार बढाएर बाँडफाँड गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 10:05:46 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंक कोष प्रवर्दक  र एनएमबी क्यापिटल NMB Capital Ltd  को व्यवस्थापनमा संचालनमा आएको एनएमबी फिफ्टी नामको सामुहिक लगानी योजनामा माग भन्दा बढीको आबेदन परेको छ। 

गत साउन १३ देखि बिक्रि खुला गरिएको एनएमबि फिफ्टीको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाईमा आबेदनको अन्तिम दिन भदौ १० गतेसम्म माग भन्दा बढीको आबेदन परेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ।

केही आवेदनहरुको सम्बन्धित आस्वा सदस्य बैंक/वित्तीय संस्थाहरुबाट 'भेरिफाइड डाटा' प्राप्त हुँदै गरेको हुनाले सो को अन्तिम विवरण प्राप्त भए पश्चात् विवरणपत्रमा उल्लेख भएको सीमाभित्र रही योजनाको आकार बढाएर बाँडफाँड गरिने क्यापिटलले जनाएको छ। 

१० रुपैयाँ अंकित मुल्य रहेको कोषको इकाईमा लगानीकर्ताको लागि न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड २० लाखकित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। 

बिक्रि खुला गरिएको साढे १२ करोड  इकाइ मध्ये १५ प्रतिशत इकाई कोष प्रवर्दक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको थियो।  यस हिसाबमा १० करोड २० लाख इकाई सर्वसाधारणको लागि छुट्याईएको हो। 

बजारमा संचालनमा रहेका अन्य म्युचुअल फण्डको नेट एसेट भ्यालू (न्याभ) औषतमा १० रुपैयाँ भन्दा कम रहेकाले तथा बैंकहरुले बिगतमा अहिले धेरै अंकको दरमा ब्याज दिएको अवस्थामा सर्वसाधारणको आकर्षण फिक्स डिपोजिटमा समेत देखिएको छ। यहि अवस्थालाई ध्यानमा राखेर फरक प्रकृतिको योजना ल्याएको क्यापिटलको दाबि छ।     

क्यापिटलले यस योजनामा नेप्सेका उत्कृष्ट ५० कम्पनीमा मात्र लगानी गर्ने जनाएको छ । कम्पनी फरक फरक रहेपनि जम्मा कम्पनीको संख्या भने ५० वटा नै हुने क्यापिटलले जनाएको छ । एक बर्षको अध्ययन गरेर विशेष किसिमको योजना ल्याएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताएका छन् । यस योजनाले शेयर बजारमा अवमुल्यन भएका र पुंजी लाभको सम्भावना प्रदर्शित गर्ने कम्पनीहरुमा लगानी गरी उच्च प्रतिफल हासिल गर्ने उदेश्य लिएको सीइओ घिमिरेले बताए । यसबाट नेप्से भित्र कै ५० वटा उत्कृष्ट ५० कम्पनीको छुट्टै इन्डेक्स बन्ने समेत उनले बताए । 

योजना व्यवस्थापक एनएमबि क्यापिटलले कोषबाट लगानीकर्तालाई दोस्रो बर्षदेखि हरेक बर्ष १५ प्रतिशत भन्दा बढी लाभांश  वितरण गर्ने प्रतिबद्दता गरेको छ। ७  बर्ष अवधि रहेको बन्दमुखी यस सामुहिक लगानी कोषबाट इकाईधनीले  कुल १४९.८ प्रतिशत प्रतिफल पाउने बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved