प्रकृया पूरा गरेका बैंकलाई ब्रोकर लाइसेन्स दिन बैंकर संघको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 12:40:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिए ले बैंकिंङ क्षेत्रकै जनमानसमा नकारात्मक छवी फैलाउने गरि समाचार प्रकाशन गरेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 

संघको भदौ ११ गते बसेको पूर्ण बैठकले बैंक तथा बैंकका कर्मचारीहरुको मान–मर्यादामा ठेस पुग्ने जस्ता कपोकल्पित समाचार प्रकाशन गर्नेलाई कस्तो कारवाही गर्न सकिन्छ भन्नेबारे प्रेस काउन्सिल नेपालसंग समन्वय गर्ने भएको छ।  

 त्यस्तै संघले नेपाल स्टक एक्सचेन्जमा प्रकृया पुरा गरेका बैंकहरुलाई ब्रोकर लाइसेन्स दिलाउनलाई अनुरोध गर्ने भएको छ। सम्पुर्ण प्रक्रिया पुरा गरिसकेको अवस्थामा नेप्सेले बोकर लाइसेन्स स्थगन गर्ने निर्णय गरेको भन्दै संघले यस्तो निर्णय गरेको जनाएको छ।

प्रतिनीधिसभाको संधिय संसदको अर्थसमतिले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गर्न भन्दै समिति सदस्य रामकुमारि झाँक्रिको संयोजनमा अध्यन समिति गठन गरेको थियो। सो समितिले २ महिना भित्रमा अध्यन प्रतिवेदन बुझाउन समय दिएको छ । अर्थसमितिले उक्त समिति गठन गरेपछी गत साता तत्कालका लागि बैंको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगन गरेको सुचना निकालेको थियो ।

त्यस्तै संघले नेपाल राष्ट्र बैंकको पछिल्लो परिपत्रबारे राष्ट्र बैंकका अधिकारिसंग भएको समझदारीअनुसार उल्लेखित प्रावधानहरुमा संसोधनको लागि पुनः नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने भएको छ। पछिल्लो परिपत्रमा औसत व्याजदर अन्तर गणना गर्ने विधि लगायतका अन्य कुराहरुमा गरिएको परिवर्तनले गर्दा बैंकिङ्ग क्षेत्र तथा समस्त अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भन्दै संघले राष्ट्र बैंकलाई लिखितरुपमा जानकारी गराएको थियो। तर त्यसअनुसार राष्ट्र बैंकले कुनै नयाँ संसोधन सार्वजनिक गरेको छैन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved