मुक्तिनाथ विकास बैंकको हकप्रद आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 06:11:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited आज भदौ १२ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । बैंकले १:०.२ को अनुपातमा २० प्रतिशत हकप्रद खुला गरेको  हो।

जस अनुसार बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ  । हकप्रद शेयर निष्काशनको लागि भिबोर क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले असोज १५ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

बैंकले हकप्रद निष्काशनको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । साउन ३० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्व ६ करोडमा हकप्रदपछि बैंकको चुक्ता पुंजी ३ अर्ब ६७ करोड ७७ लाख पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved