आकार बढाएर एमएमबि ५० सामुहिक लगानी कोषको इकाई बाँडफांड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 12:22:31 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटलले निष्काशन गरेको एनएमबि फिफ्टी योजनाको इकाई बाँडफांड भएको छ  । आवश्यकता भन्दा बढी इकाई खरीदका लागि माग परेपछि क्यापिटलले योजनाको आकार बढाएर  इकाई बाँडफांड गरेको हो ।

क्यापिटलले विवरणापत्रमा भएको व्यवस्था बमोजिम योजनाको आकार ५० लाख इकाईले वृद्धि गरेको हो  । जस अनुसार क्यापिटलले  १२ हजार ६ सात ५७ आवदेकहरुलाई १० करोड ६० लाख ४८ हजार ३ सय ३० इकाई तथा बिज पूँजी वापत १ करोड ८९ लाख ५१ हजार ६ सय ७० इकाई गरी कुल १२ करोड ५० लाख इकाईहरु बाँडफाँड गरेको हो । 

क्यापिटलले साउन १३ देखि भदौ १० गतेसम्म यस योजनाको इकाईहरु निष्काशन गरेको थियो । यस योजनामा कम्पनीले नेप्सेका उत्कृष्ट ५० कम्पनीको शेयरमा मात्र लगानी गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved