बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




शिब धिताल/बिजपाटी     Sep 03, 2019 | 08:32:19 AM



शेयरबजारको 'ल्याप्चे युग' अन्त्य गर्ने सिस्टम तयार भई सोमबार देखि परिक्षणमा आएको छ । सिडीएससीले भारित औसत लाभकर सिस्टमले आफै गणना गर्ने प्रणालीको विकास गरेको हो । नेपाल धितोपत्र बोर्डले हालको भारित औसत लाभकार विधिलाई सहजीकरण गर्न निर्देशन दिएपछि सिडीएसले सिस्टम तयार पारेको हो ।

सरकारले गत साउन १ गतेदेखि  भारित औसत लागत आधारमा पूँजीगत लाभकर गणना विधि कार्यन्वयनमा ल्याएपछि लगानीकर्ताले आफुले खरिद गरेको शेयर मूल्यको स्वघोषणा ब्रोकर कार्यालयमा गएर ल्याप्चे लगाएर गर्दै आएका छन्।

सिडीएसका प्रबक्ता सुरेश न्यौपानेले सिस्टम तयार भएको र सोमबारदेखि नै परिक्षणमा ल्याईएको बताए । 

कसरी गर्ने प्रयोग ?

सुरुमा लगानीकर्ता https://meroshare.cdsc.com.np:8443 वेबसाइटमा जानु पर्ने छ । आफ्नो आइडी र पासवर्ड हालेपछि ड्यासबोर्ड खुल्ने छ । आईडी र पासवर्ड मेरो शेयर कै हाल्नु पर्ने छ । लग ईन भईसकेपछि पहिलो पटक सिस्टमले तपाईको लागि एउटा र्यानडम अर्थात आफ्नो भन्दा फरक नाम दिन्छ  । यो मिस्टेकले भएको वा सिस्टम ह्याक भएको भने होईन  । यो कुनै समस्या नभएर डाटाको सुरक्षालाइ ध्यानमा राखेर जानिबुझी फरक राखिएको हो सिडीएले जनाएको छ । ड्यासबोर्डको देब्रे पट्टि भएको My details मा क्लिक गर्दा लगानीकर्ताको आफ्नौ नाम सहितको विवरण नै देखिन्छ। त्यस्तै दाहिने पट्टि माथिल्लो कुनामा जुन नाम देखिएको छ , त्यहाँ क्लिक गरेपछि आफ्नै नाम आउंछ । र दोस्रो पटक लग इन गर्दा आफ्नो नाम मात्र देखिन्छ । नाम अर्कैको देखिनु गल्ति नभई सुरक्षाका लागि भएको सिडीएसले स्पष्ट पारेको छ । 

यसपछि  ड्यासबोर्डमा तपाईसंग भएको डिम्याट गरिएका शेयर देखिने छन् ।  त्यसपछि तपाईले जुन शेयरको भारित औसत हेर्ने हो , त्यस सिम्बलमा क्लिक गर्नुस ।  अनि सिम्बल अगाडी रहेको सानो बक्समा टिक लगाएपछि तपाईले त्यो शेयर कतिमा खरिद गर्नु भएको हो भन्ने देखिन्छ । यदि त्यहाँ उल्लेख भएको खरिद मूल्य तपाई आफैले सहि मूल्य राख्न सक्नु हुनेछ । त्यसपछि त्यसको तल " I hearby declare that the prices that I set are best of my knowledge and I am subject to liability if incorrect. लेखिएको हुन्छ "।सो लेखिएको भन्दा अगाडी रहेको सानो बक्समा टिक लगाएर अपडेटमा क्लिक गर्नुस । त्यसपछि सिस्टमले नै तपाईको भारित औसत निकाल्ने छ ।

त्यहाँ रहेको कम्पनीको सिम्बल अगाडीको सानो बक्समा टिक साइन नलगाएसम्म सिस्टमले मूल्य देखाउने छैन । टिक लगाएपछि मात्र सिस्टमले तपैले कुन शेयर कतिमा खरिद गर्नु भयो भनेर शेयरको मूल्य देखाउने छ ।



माथि चित्रमा देखाए जस्तै सानो बक्समा टिक गर्दा मात्र मूल्य देखाउने छ। 

सिडीएससीले अहिले यो परिक्षण कै क्रममा रहेको स्पष्ट पारेको छ । यसमा केहि समस्या देखिए [email protected] मा वा [email protected] मा स्क्रिन सट सहित पठाउन अनुरोध गरेको छ । 

साथै सिडीएसले यो सिस्टम परिक्षणको क्रम मै रहेकोले यस सिस्टम मार्फत गरिएका कारोबार वास्तविक नहुने स्पष्ट पारेको छ । परिक्षणको क्रममा देखिएका समस्यालाई तत्काल समाधान गरी नयाँ सेवा सहितको मेरो शेयर शिघ्र संचालनमा ल्याउने सिडीएसले जनाएको छ । 


विस्तृतमा हेर्नुस प्रयोग गर्ने तरिका : 



Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital









Close in 7