सेयरबजारमा बल्ल देखियो 'चमक', एकाएक कसरि भयो 'यू टर्न' ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 01:35:27 PM मा प्रकाशित

laxmi  sunrise bank

निरन्तर ओरालो लागेको सेयरबजारमा साताको तेस्रो दिन 'चमक' देखिएको छ। कारोबार खुलेको करिब एक घण्टासम्म घट्ने क्रममा रहेको बजार परिसूचक नेप्से २०.५७ अंकले बढेर ११९०.९० को बिन्दुमा उक्लिएको छ। 

मंगलबार १७१ कम्पनीका २१ लाख ८४ हजार २७१ कित्ता सेयर ७ हजार ८ सय १७ पटक कारोबार हुँदा ५१ करोड ५ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ। आजको कारोबार अघिल्लो दिनको तुलनामा झन्डै १० करोडले बढी हो। त्यस्तै समुहगत सूचकमा अन्य तथा म्युचुअल फण्ड बाहेकका सबै सूचक बढेका छन।    

सुचिकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने र प्रतिफल भित्र्याउने समयमा समेत नेप्से घटेर १२०० बिन्दुबाट तल ओर्लिएपछि पर्खेर बसेका लगानीकर्ताले समेत सेयर किन्न थालेकाले मंगलबारको कारोबारमा 'यू टर्न' आएको अनुमान गरिएको छ। यद्दपी एकै दिन २० अंकले नेप्से परिसूचक बढ्नुलाई राष्ट्र बैंकले बैंकहरुको २५ प्रतिशत नाफा घट्ने गरि ल्याएको व्यवस्थामा गर्न सक्ने सम्भावित परिमार्जन समेत जोडिएको आशंका गरिएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved