नेप्सेका सीइओको प्रश्न 'हामीसँग शेयरबजार बढाउने जादुको छडी छ र ?' (भिडियो सहित )

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 11:10:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले आफुहरुसँग शेयर बढाउने जादुको छडी नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको १० औ वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै सीइओ साउदले यस्तो बताएका हुन् । जहिले पनि लगानीकर्ताले बजार बढेन , बजार बढेन भन्ने गरेको बताउदै उनले प्रश्न गर्दै भने 'हामीसँग बजार बढाउने जादुको छडी छ र ?' बजार बढाउने र घटाउने लगानीकर्ताको हात मै भएको, माग र आपूर्तिको आधारमा बजार घटबढ हुने बताउदै उनले नेप्से कारोबारको माध्यम मात्र भएको बताए । 

उनले अन्तराष्ट्रिय स्तरको शेयर कारोबारको सिस्टम नेपालले एडजस्ट गर्न नसक्ने पनि दाबी गरे । उनले अन्तर्राष्ट्रिय स्तरको क्यासलेस कारोबारको सिस्टम लगानीकर्ताले चलाउन नसक्ने बताएका हुन् । शेयरबजारको हालको अनलाईन सिस्टम चलाउन पनि लगानीकर्तालाई कठिन भएको बताउदै उनले भने ' अहिले पनि सिस्टम चलाउन केहि लगानीकर्तालाई १२ बजेको छ, यो सत्य हो, धुर्व सत्य हो' । के के भयो भने सिस्टम अन्तर्राष्ट्रिय स्तरको हुन्छ भन्ने प्रश्न गर्दै उनले अहिलेको प्रणाली नेपालको हावापानी सुहाउँदो भएको बताए

उनले अहिलेको बजारमा पारदर्शिता समेत बढेको बताए । यस अघि लगानीकर्ताले ५० वटा ब्रोकरसँग गरेको कारोबार ५० ठाउँमा देखिने गरेकोमा अहिले ति सबै कारोबार एकै स्थानमा देखिने भएकोले पारदर्शिता बढेको उनले बताए । यस अघि कालोधनको कारोबार हुने तर्फ इंगित गर्दै उनले भने 'कारोबार र इन्डेक्स दुवै घटेको छ,   व्हाईट मनीको मात्र कारोबार भएको र ब्ल्याकमनीको कारोबार नभएर इन्डेक्स घटेको हो कि !, यो तर्फ पनि बुझी दिन अनुरोध गर्न चाहन्छु' 

भारित औसत लाभकरको विवादको विषयमा  बोल्दै उनले शेयर खरिद गरेको मूल्य आफैले घोषणा गर्ने नियम नेप्सेको नभई अर्थ मन्त्रालय, अन्तरिक राजश्व विभागको भएको बताए । आफ्नो सम्पतिको मूल्यांकन आफैले गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको समेत उनले स्मरण गराए । उनले मेरो शेयर हुनेले मात्र  अहिले अनलाइन मार्फत खरिद मूल्यको स्वघोषणा गर्ने सक्ने र मेरो शेयर नलिएकाहरुले मो शेयर लिनीको बिकल्प नभएको बताए । पुँजीबजार पारदर्शितातर्फ बढेकोले केहि लगानीकर्ता केहि अत्तीएको समेत उनले दाबी गरे । 

उनले बिगतमा डाटा माइग्रेसनको क्रममा सिस्टममा केहि समस्या रहेको स्वीकार गर्दै अहिले भने समस्या समाधान भईसकेको बताए । उनले सुबिसुमा आगलागि भएर इन्टरनेट बन्द हुँदा पनि नेप्सेको सिस्टम चलेन भनेर दोष दिएको भन्दै गुनासो व्यक्त गरे । उनले अनलाइन ट्रेडिङको सिस्टममा कुनै पनि समस्या नरहेको स्पष्ट पारे । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved