सेयरका लगानीकर्ताको मनोबल बढाउने कार्यक्रम ल्याउन तुलाधरको माग (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 11:08:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष अन्जिब तुलाधरले पूँजी बजार सम्बन्धी सकारात्मक बोल्दा बोल्दै पनि बजारमा सुधार नदेखिएको बताएका छन। नेपाल आर्थिक पत्रकार संघको १० औं वर्षिक साधारण सभा तथा वार्षिकउत्सवको अवसरमा बोल्दै उनले ओरालो लागेको बजारमा अर्थमन्त्रीले राम्रै बोल्दा पनि नराम्रो देखिने मनोबैज्ञानिक कारण रहेको बताए। 

‘अर्थमन्त्रीले पूँजी बजारबारे सकारात्मक बोल्दा बोल्दैपनि नराम्रो देखिनु मनोबैज्ञानिक कारण हो' तुलाधरले भने, 'सरकारले लगानीकर्ताको मनोविज्ञान बढ्ने गरि निर्णय नै गरेर नीति कार्यक्रम ल्याउनुपर्छ।'

अहिले बजार घटाईको मुख्य कारण माग र आपूर्तिबीचको असन्तुलन नै मुख्य कुरा भएकाले माग बढाउने गरि सरकारले ठोस कार्यक्रम ल्याउनुपर्नेमा तुलाधरले जोड दिएका छन। माग बढाउँनलाई के के गर्न सकिन्छ भनेर आफुहरुले ५८ बुंदे सुझाबमा सल्लाह दिएको समेत उनले स्मरण गराए।  

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताको मनोबल बढाउँन सक्ने गरि सरकारले ठोस रुपमा कुनै नीति तथा कार्यक्रम ल्याउनु पर्ने भन्दै तुलाधरले  लगानी सुरक्षित छ र राज्यले सम्मान गर्छ भन्ने खालको अनुभूति हुने गरि सरकारले लिखित रुपमै केहि व्यवस्था गर्नुपर्नेमा जोड दिए।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved