थप २ लघुवित्तले गरे मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 11:35:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत नभएका २ वटा कम्पनीले मर्जमा जाने सम्झौता गरेका छन्  । रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको हो । सम्झौतामा मनकामनाका अध्यक्ष अजय गोयन्का र स्मार्टका अध्यक्ष शान्ति चौधरीले  हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार मर्जपछि बन्ने संस्थाको नाम मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ भने केन्द्रीय कार्यालय हालको मनकामनाको कार्यालयमा रहने छ । त्यस्तै अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि मनकामनाबाटै हुने छन्। मर्जरपछि बन्ने संचालक समितिमा दुवै संस्थाबाट ३/३ जनाको प्रतिनिधित्व रहने सहमति पनि भएको छ।

 स्मार्ट लघुवित्त गैर सरकारी संस्थाबाट लघुवित्तमा रुपान्तरण भई ८ महिनादेखि संचालनमा छ । मनकामना संचालनमा आएको भने १८ महिना भएको छ ।

हाल मनकामनाको चुक्ता पुँजी ६ करोड ८२ लाख र स्मार्ट लघुवित्तको चुक्ता पुँजी १ करोड ४० लाख रहेको छ । मर्जपछि कम्पनीले करिब पौने ४ करोडको आईपिओ निष्काशन गरी पूंजी १२ करोड पुर्याउने तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved