सेयर ब्रोकरका अध्यक्ष भन्छन,'एउटै कारणले सेयर बजार सोचेजस्तो भएन' (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 12:04:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर ब्रोकरहरुको छाता सङ्गठन 'स्टक ब्रोकर एसोसिएसन अफ नेपाल' का अध्यक्ष भरत रानाभाटले नीतिगत रुपमा धेरै बिषय समाधान भएपनि बजार नबढ्नुमा लगानीकर्तामा आत्मबिश्वासको कमी भएको बताएका छन। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को दशौँ बार्षिकोत्सव तथा साधारण सभामा बोल्ने क्रममा रानाभाटले सेयरबजारसंग सम्बन्धित धेरै नीतिगत कुरामा बजारले मागेको र सोचेको भन्दा राम्रा भएपनि आत्मबिश्वासको कमीले नै बजारमा उत्साह नभएको बताएका छन। 

'सेयर बजारमा ब्रोकरलाई पेचिलो बनेको भ्याटको इस्यु अर्थमन्त्री खतिवडाको पालामा समाधान भयो, अरु धेरै बिषय पनि समाधान भएका छन' रानाभाटले भने, 'तर अझैं पनि बजारमा आत्मविश्वास बढ्न सकेको छैन, त्यसैले लगानीकर्तामा बिश्वास बढ्ने गरि काम सरकारले गर्नुपर्छ'। 

रानाभाटले अहिले बजारमा माग भन्दा आपूर्ति बढी भएको आशयको प्रतिकृया व्यक्त गर्दै अर्थमन्त्रीले नागरिक लगानी कोष र संचय कोषलाई सेयर उठाईदिनलाई भन्दिन समेत आग्रह गरे।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved