सिडीएसको आयोजनामा ३५ देशका केन्द्रीय निक्षेप प्रदायकको साधारणसभा नेपालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 03:23:28 PM मा प्रकाशित

laxmi  sunrise bank

एशिया प्रसान्त क्षेत्रमा रहेका धितोपत्र केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन (एसिजी)को साधारणसभा नेपालमा सुरु भएको छ। सभाको औपचारिक उद्घाटन भने अर्थमन्त्री डा युवराज खतिवडाबाट मंगलबार बिहान हुने भएको छ 

बिहिबारसम्म चल्ने साधारणसभालाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेप्सेका सीइओ, एसिजीका अध्यक्ष लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा सिडीएसका संचालक निरन्जन फुयालले नेपालको पुँजीबजार सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने छन् । साथै एसिजीका हालका अध्यक्षको कार्यकाल यसैबर्षदेखि समाप्त हुने भएकोले नयाँ नेतृत्व समेत चयन हुने छ । एसिजीमा हाल ३५ सदस्य राष्ट्र छन् 

सिडीएसको आयोजनामा पहिलो पटक पुँजी सम्बन्धि अन्तर्राष्ट्रिय कार्यक्रम हुन् लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved