समता माइक्रोफाइनान्सको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 03:32:29 PM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्सले हकप्रद निष्काशनकोलागु बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । 

कम्पनीले १:२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । अब कम्पनीले १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनआइबिएल एस बिक्रि प्रबन्धक रहेको छ । 

 हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १८ करोड २० लाख रुपैयाँ पुग्नेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved