२ म्युचल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 06:26:26 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटल NMB Capital Ltd को  दुवै सामुहिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज भदौ २५ अगेत अन्तिम दिन रहेको छ ।   क्यापिटलले दुवै योजनाको लागि भदौ २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज २५ गतेसम्म कायम इकाईधनिले मात्र लाभांश प्राप्त गर्न सक्ने छन् । 

क्यापिटलले संचालन गरेको हाईब्रिड फण्ड एल-१ ले २०७५/७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद दिने घोषणा गरेको छ ।  यस फण्डले कर सहित १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ वितरण गर्न लागेको हो।

त्यस्तै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ ले  २०७५/७६ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद दिने घोषणा गरेको छ । फण्डले कर सहित १५ प्रतिशतले हुन आउने ११ करोड २५ लाख रुपैयाँ वितरण गर्न लागेको हो।  

हाल क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत तेस्रो म्युचुअल फण्ड योजना 'एनएमबि ५०' संचालनमा ल्याएको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved