छिमेक लघुवित्तले घोषणा गर्यो बम्पर लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 09:15:33 AM मा प्रकाशित

laxmi  sunrise bank

छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले  आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई ४४.३३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको २७.११८६ प्रतिशतले हुन् आउने ३२ करोडको बोनस शेयर र १७.२१६८ प्रतिशतले हुन् आउने २० करोड ३१ लाख नगद लाभांश गरि कुल ४४.३३५४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब १८ करोड रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved