पुँजीबजारको विकासका लागि अर्थमन्त्रीलाई विश्व बैंकका उपाध्यक्षको 'टिप्स'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 02:29:42 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकका उपाध्यक्ष तथा कोषाध्यक्ष जिंङ दोङ्ग हुवाले पुँजीबजारको सुधार गर्नको लागि बोन्ड मार्केटलाई प्राथमिकता दिनुको बिकल्प नरहेको बताएका छन्। काठमाडौँमा जारि पूर्वाधार सम्मलेनको एक सत्रमा बोल्दै उनले उदाहरण नै दिएर नेपाललाई बोन्ड मार्केटमा लगानी बढाउन सुझाव दिएका हुन। 

अर्थमन्त्री डा युवराज खतिवडाले अध्यक्षता गरेको सत्रमा उपाध्यक्ष हुवाले बोन्ड मार्केटमा लगानी गरेर हाल विकसित भएका ४ देशका उदाहरण समेत थिए। २०० बर्ष अगाडी अमेरिका गरिब कृषि प्रधान देश भएको उनले बताए। उनका अनुसार त्यस बेला ९० प्रतिशत अमेरिकी कृषिमा आवद्द थिए । तर अमेरिकाले ३ वटा क्षेत्रमा ब्यापक सुधार गरेपछि अहिलेको अवस्थामा आएको बताए। पहिलो बलियो नियामको रुपमा सरकार, दोस्रो उद्यमशिलता र तेस्रो वाल स्ट्रिटको अवधारणले अमेरिका अहिलेको स्थानमा पुगेको उनले बताए। उद्यम गर्न चाहने जो सुकैलाई पनि त्यस समय वाल स्ट्रिटले पुंजीको ब्यबस्था मिलाएको उनले स्मरण गरे ।

अमेरिकाले १९३३ मा प्राथमिक बजारलाई सम्बोधन गर्ने गरि तथा १९३४ मा दोस्रो बजारलाई सम्बोधन गर्ने गरी ऐन ल्याएको र त्यसपछि अमेरिकी पुँजीबजारले गति लिएको उनले बताए । अमेरिकी बजार १८२ ट्रिलियन डलर भएको र त्यो मध्ये १०० ट्रिलियन बोन्ड मार्केट भएको उनले बताए । 

त्यस्तै उनले आफ्नै देशको उदाहरण दिडिया चिनले पनि ढिलो गरी बोन्ड मार्केटमा लगानी गरेको बताए । केहि बर्षअगाडी सम्म बोन्ड  भनेको चिनियाँको लागि चर्चित नायक जेम्स बोन्ड बाहेक अरु केहि थाहा नभएको उल्लेख गरे । तर अहिले चिनको बोन्ड मार्केट १३ ट्रिलियन  र इक्विटी बजार ७ ट्रिलियन  भएको बताए ।

यी देश ठुला भएको र नेपालसंग मेल नखाने भन्ने तर्क गर्नेलाई उनले साउथ कोरिया र मलेशियाको उदाहरण समेत दिए । यी दुई देशले पनि बोन्ड मार्केटमा लगानी गरेकै अहिलेको अवस्थामा पुगेको बताउदै उनले हाल मलेसियाको बोन्ड बजार जिडिपीको सय प्रतिशत रहेको समेत रहेको बताए ।

तसर्थ उनले पुँजीबजारको विकासको लागि बोन्ड मार्केटमा लगानी गर्न सुझाव दिएका हुन्। यद्यपि उनले त्यसको सकारात्मक प्रभाव १-२ बर्षमा नभई १०-१५ बर्षमा देखिन थाल्ने बताए। 

अर्थमन्त्री डा युबराज खतिवडाले आफ्नो सम्बोधनको क्रममा नेपालको बजारमा बोन्ड आकर्षण बिश्व बजारको जस्तो नरहेको प्रतिकृया दिएका थिए। उनले उपाध्यक्ष हुवाले भनेजस्तो बजार बन्नलाई नेपालमा अझैं केहि समय लाग्ने बताए।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved