२ वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 08:49:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भदौ २६ गते बिहिबार २ वटा बाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कुमारी बैंक Kumari Bank Limited र NIC Asia Bank Limited बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

कुमारी बैंकले असोज ११ गते शनिवार नक्साल स्थित नक्साल बैंक्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितमा ६ प्रस्ताव पेश हुदै छन्  । बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशत हुन् आउने ८६ करोड ८५ लाख ५७ हजार ३ सय १२ रुपैयाँ ७० पैसा बराबरको बोनस शेयर र ०.५२६ प्रतिशतले हुन् आउने ४ करोड ५७ लाख १३ हजार ५ सय ४२ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ  । 

साधारणसभा प्रयोजनको लागि बैंकले  भदौ भदौ २९ गतेदेखि बुक क्लोज गर्ने भएको छ  । भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।

 बैंकलेले गत आर्थिक बर्ष १ अर्ब ३३ करोड खुद नाफा गरेको थियो ।

त्यस्तै एनआईसी एसिया बैंकले  बैंकले असोज १० गते शुक्रबार बिहान ९ बजे आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको छ  । सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने छ । बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनिहरुलाई २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।  बैंकले दिने लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र बाँकी बोनस सेयरमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश रहेको छ। 

प्रस्तावित लाभांश बितानपछि बैंकको चुक्ता पुंजी ९ अर्ब ७१ करोड ७६ लाख पुग्ने छ । 

सभा प्रयोजनको लागि बैंकले भदौ २९ गते देखि असोज १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved