एनआईसी एसियाको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 08:43:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआईसी एसिया बैंक NIC Asia Bank Limited को शेयर मूल्य समायोजन भएको छ । बैंकको लाभांशको लागि बुक क्लोज भएपछि शेयर मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य ४०७.२६ रुपैयाँ कायम भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि आज भदौ २९ गते बुक क्लोज गरेको छ । भदौ २६ गते कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र बैंकले दिने लाभांश पाउन सक्ने छन् ।

  बैंकले असोज १० गते शुक्रबार बिहान ९ बजे आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको छ  । सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने छ । बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनिहरुलाई २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।  बैंकले दिने लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र बाँकी बोनस सेयरमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश रहेको छ। 

प्रस्तावित लाभांश बितानपछि बैंकको चुक्ता पुंजी ९ अर्ब ७१ करोड ७६ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved