कुमारी बैंकको मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 08:54:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुमारी बैंक Kumari Bank Limited को शेयर मूल्य समायोजन भएको छ । बैंकको लाभांशको लागि बुक क्लोज भएपछि शेयर मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य १८४.५५ रुपैयाँ कायम भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि भदौ २९ गते बुक क्लोज गरेको छ । भदौ २६ गते कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र बैंकले दिने लाभांश पाउन सक्ने छन् ।

 कुमारी बैंकले असोज ११ गते शनिवार नक्साल स्थित नक्साल बैंक्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितमा ६ प्रस्ताव पेश हुदै छन्  । बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ 

बैंकले १० प्रतिशत हुन् आउने ८६ करोड ८५ लाख ५७ हजार ३ सय १२ रुपैयाँ ७० पैसा बराबरको बोनस शेयर र ०.५२६ प्रतिशतले हुन् आउने ४ करोड ५७ लाख १३ हजार ५ सय ४२ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved