निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा , बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 09:36:22 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुवित्त Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफ बाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले २५ प्रतिशत बोनस शेयर र १५.५३ प्रतिशत नगद लाभांश गरी कुल  ४०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।कम्पनीले २५ प्रतिशत हुन् आउने ३० करोड बराबरको बोनस शेयर र १५.५३ प्रतिशतले हुन् आउने १८ करोड ६३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २० करोड छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी सधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved