ओमी लघुवित्तको १ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 06:54:42 AM मा प्रकाशित

laxmi  sunrise bank

ओमी लघुवित्त Womi Microfinance Bittiya Sanstha Limited ले १ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा अवितरित कुल १ लाख २३ हजार २ सय १३ कित्ता शेयर लिलाम गर्ने भएको हो ।जस मध्ये ७६ हजार ७ सय ३ दशमलव ८० कित्ता स्नास्थापक शेयर र बाँकि ४६ हजार ५ सय ९ दशमलव २० कित्ता साधारण शेयर रहेको छ ।

कम्पनीले यी शेयर असोज ६ देखि असोज १३ गतेसम्म लिलाम गर्ने भएको हो । शेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुकहरुले सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, वोमी लघुवित्तको मुख्य कार्यालय चितवन, र उपत्यका बाहिरको हकमा सिद्धार्थ बैंकका केहि सिमित शाखाबाट समेत अवएदना दिन सक्ने छन् । 

वोमीले साउन ९ गते देखि  भदौ ११ गते  १:१ अनुपातमा शत प्रतिशतले हुन् आउने  १० करोड १० लाख ८८ हजार बराबरको १० लाख १० हजार ८ सय ८० कित्ता शेयर निष्काशन गरेको थियो  । 

 ओमीले काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको नागरिक लघुवित्तलाई मर्ज गर्न लागेको छ । यी २ कम्पनीबीच फागुन २४ गते गाभ्ने गाभिने सम्झौता भएको थियो  । संचालनमा आएको पहिलो बर्ष मै नागरिक घाटामा गएको थियो । हाल ओमीको चुक्ता पुंजी १० करोड १० लाख रहेको छ ।   शत प्रतिशत हकप्रदपछि पुंजी २० करोड २० लाख पुग्ने छ ।  नागरिकको हालको चुक्ता पुंजी १ करोड ७५ लाख रहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved