सनराइज क्यापिटलको पहिलो म्युचल फण्ड असोज ८ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 07:32:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटलले असोज ८ गतेदेखि आफ्नो पहिलो सामुहिक लगानी कोषको इकाईहरु निष्काशन गर्ने भएको छ । क्यापिटलले १ अर्ब बराबरको 'सनराइज फस्ट म्युचल फण्ड' योजनाको इकाई निष्काशन गर्ने भएको हो।

क्यापिटलले प्रति इकाई मूल्य १० को दरले १० करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्रि भएको संख्याको १५ प्रतिशत कोष प्रबर्दक सनराइज बैंकको लागि सुरक्षित राखिएको छ । बाँकि ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन हुने भएको हो ।

आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सक्ने छन् । इच्छुकहरुले छिटोमा असोज १२ गतेसम्म र उक्त समय सम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा कार्तिक ७ गतेसम्म आवेदन दिन सक्ने छन् ।    

उक्त कोषको सुपरिवेक्षकहरुमा  चण्डी प्रसाद श्रेष्ठ, कृष्ण बहादुर मानन्धर, बुद्धि प्रसाद आचार्य, प्राध्यापक पूर्ण मान शाक्य र सि.ए. सुधिर कुमार शर्मा रहने क्यापिटलले जनाएको छ । यस सामुहिक लगानी कोष योजनाको सनराईज बैंक कोष प्रबर्द्क रहेको छ भने सनराइज क्यापिटल कोष ब्यबस्थापक छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved