सबैको लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 09:53:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरि कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले १३ प्रतिशतले हुन् आउने २ करोड १४ लाख ५० हजार ब्रर्ब्को बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ११ लाख २८ हजार ९ सय ४७ रुपैयाँ ३७ पैसा नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १६ करोड ५० लाख रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved